राहुल महरालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

२६ आश्विन २०८०, शुक्रबार १८:४६

काठमाडौँ, २६ असोज– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराका छोरा भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माको इजलासले माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुलभन्ने रेशम महरालाई पुर्पक्षकालागिथुनामा पठाउन आदेश दिएको हो ।

राहुलसँगै मुद्दा चलाइए कालोकेन्द्र पौडेलसँगभने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।