लाखौँ मूल्यको काठ सडेर नष्ट सरोकारवाला निकाय उदासिन

२६ आश्विन २०८०, शुक्रबार १८:०१

मुगु, २६ असोज– हिमाली जिल्ला मुगुमा २०७६ सालमा सडक निर्माणको क्रममा काटिएका काठको सदुपयोग नहुदाँ सडेर कुहिने अवस्थामा पुगेका छन् ।

ग्रामीण पहुँच कार्यक्रम तेस्रो मुगु हुम्लालिंक रोड निर्माण गर्ने क्रममा छाँयानाथ रारा नगरपालिका १४ वामचंखेलिमा रहेको चंखेली सामुदायिक बन क्षेत्रमा सडक निर्माण गर्दा काटिएका २५ सय क्युफिटका काठ कुहिने अवस्थामा पुगेको स्थानीयहरुले बताएका छन् ।

सडक निर्माण गर्दा ढालिएका ७ सय क्युफिटका सल्लाको काठ र १८ सय क्युफिटका बाज, धुसी लगायत अन्य प्रजातिका काठ विभिन्न स्थानमा वेवारिसे अवस्थामा राखिएपछि कुहिने अवस्थामा पुगेका हुन् ।

सामुदायिकबन र डिभिजन बन कार्यालयको उदासिनताका कारण काठ खेर जाने अवस्थामापुगेको स्थानीय काठ मुगुको चंखेली सामुदायिक रत्न बडुवालले बताएका छन् ।

२०७६ सालमा सडक निर्माण गर्ने बेलाकाटिएका काठको कानूनी हस्तान्तरणमा समस्याहुदाँकुहिएर नष्ट हुने अवस्थामापुगेको स्थानियजनप्रतिनिधी छाँयानाथ रारा नगरपालिकामुगुका वडा नम्बर १४ का वडा अध्यक्षजुनबहादुर खड्काले बताएका छन ।

पछिल्लो समयमा सामुदायीकबनको वार्षिक नबिकरण र कार्यायोजनानभएर समय लागेको बताएका डिभिजन बन कार्यालय मुगुकाप्रमुख अमर प्रसाद साहले केहीदिनभित्रै काठको व्यवस्थापन गर्ने बताए ।