कांग्रेस एकजुट भए कसैले परास्त गर्न सक्दैनः शशांक कोइराला

२६ आश्विन २०८०, शुक्रबार १७:२८

काठमाडौं, २६ असोज– कांग्रेस नेता डा. शशांक कोइरालाले कांग्रेस आफैंमा एकजुट भए अन्य जुनसुकै दलहरु मिले पनि परास्त गर्न नसक्ने बताएका छन ।

शुक्रबार ‘राजनीतिक उपलब्धि र आजको चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै उनले कांग्रेस एकजुट हुनुपर्ने धारणा राखे । कांग्रेसमा धेरै चुनौती भएको र त्यो मध्ये कांग्रेसभित्रको गुट विभाजन एक रहेकोतर्फ संकेत गन्दै उनले भने, ‘हामी एकजुट भयौं भने जतिसुकै अरु दलहरु मिलुन् हामीलाई परास्त गर्न सक्दैनन् ।

यो म ठोकेर तपाईंहरुलाई भन्न चाहन्छु ।’ उनले कांग्रेस एकजुट हुनैपर्ने र एकताबद्ध भएर पार्टी र देशको चुनौतीको सामना गर्दै राम्रो कार्य गर्ने प्रयास गर्नुपर्नेमा जोड दिए । उनले आफूले राम्रोबाहेक नराम्रो काम गर्दै नगर्ने प्रतिबद्धता व्यक्त गरे ।