काठमाडौं, २६ असोज– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, देशको निर्वाचन प्रणालीको परिवर्तन बिना राजनीतिक स्थिरता सम्भव नभएको बताएका छन् ।
आज नेपालको विद्यामान राजनैतिक अवस्थामा नेकपा एमालेको भूमिका विषय अन्तरसंवादमा बोल्दै उनले निर्वाचन प्रणालीले राजनीतिक स्थिरताको लागि ठूलो समस्यासिर्जना गरेको भन्दै निर्वाचन प्रणालीको बारेमा रिभिजिट आवश्यक भएको बताएका छन ।
उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले राजनीतिक स्थिरताको लागि ठूलो समस्या सिर्जना भएको छ । कुनै एउटा पार्टीले बहुमत ल्याउँनन सक्ने पार्टीहरु मिलेर सरकार बनाउँनु पर्ने, जसले जो सँग मिलेर बनाए पनि हुने, बाध्यताको एउटा स्थिति, त्यसले गर्दा आफ्ना नीति, कार्यक्रम, योजना, आचरण ती सबै कुराहरु निस्तेज हुदैँ जाने यस्तो अवस्था भोग्दै आएको छौ ।
त्यसकारण हाम्रो निर्वाचन प्रणालीको बारेमा रिभिजिट गर्नुपर्ने हो की, यदित्यो नगर्ने हो भने हामी यहीगोल चक्करमा फस्ने, कुनै पार्टीले सामान्य अवस्थामा बहुमत ल्याउँन नसक्ने अवस्था भोग्न अभि सप्तहुनुपर्ने रहेछ ।’
उनले राजनीतिक अस्थिरताले गर्दा स्वाभिमान कमजोर हुने,आर्थिक विकास रोकिने भएको भन्दै यसमा ध्यानजान आवश्यक भएको बताए । उनले भने, ‘नेपालको राजनीतिक अस्थिरता हाम्रो दुर्भाग्यको कुरा हो ।
यसमा हाम्रो ध्यान जान आवश्यक छ । राजनीतिक अस्थिरताले गर्दा हाम्रो स्वाभिमान कमजोर हुने, आर्थिक विकास र समृद्धिका कुराहरु पनि छुट्दै जाने, देश बनाउँने सपनापनि पूरा नहुने, यस्तो खालको अवस्था हुन्छ ।
त्यसकारण राजनीतिक स्थिरता जरुरी छ ।’ यस्तै, गठबन्धन कुनै सिद्धान्त, मूल्य, मान्यता, विचारबाट होईन् नेकपाएमालेको विरोध गर्ने, एमालेलाई सकाउँने, कमजोर बनाउँने उद्देश्यबाट निर्देशितभएको उनको भनाई छ ।
