काठमाडौं, २६ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपांगता भएका व्यक्तिको संविधानप्रदत्त मौलिकहक सम्बन्धी बिषयमा आयोग गठन गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधनगर्दै उनले संकल्प प्रस्तावमा राखिएको अपांगता भएका व्यक्तिको संविधान प्रदत्त मौलिकहक सम्बन्धी बिषयमा आयोग गठन गर्न सरकार सकारात्मक रहेको जानकारी दिएकाहुन् ।
उनले भने, ‘सबैभन्दा पहिले त म संकल्प प्रस्तावमा माननीय सदस्यहरुले राख्नुभएको अधिकार सम्बन्धी बिषयप्रतिष्ठान वा आयोग गठन गर्न सरकार सकारात्मक रहेको कुरा जानकारी दिनचाहान्छु ।’
अपांगता भएका व्यक्तिको संविधान प्रदत्त मौलिकहक र अन्य राष्ट्रिय अन्तराष्ट्रिय सन्धी सम्झौता र कानूनमा भएको प्रावधानहरुको कार्यान्वयन लगायतका लागि राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले संकल्प प्रस्तावदर्ता गरेका छन् ।
उनले अपाङगता भएका फरक क्षमता भएका मानवको सशक्तिकरण तथा विकासको लागि सरकार सैद्धान्तिक राजनैतिक र व्यवहारीकमा पनि प्रतिबद्ध रहेको बताए ।
