अपाङगता भएकाव्यक्तिहरुले संञ्चालन गरेका उद्योगहरुको लागि कच्चपदार्थमा भन्सार छुट: प्रधानमन्त्री प्रचण्ड

२६ आश्विन २०८०, शुक्रबार १४:१६

काठमाडौं, २६ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङगता भएका व्यक्तिहरुले संञ्चालन गरेका उद्योगहरुको लागि कच्चपदार्थमा भन्सार छुट दिने व्यवस्था मिलाइएको बताएकाछन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा माअपांगता सम्बन्धी संकल्प प्रस्तावमाथि छलफल पछि उनले उनिहरुबाट सिर्जना भएको उत्पादनको सरकारले विशेष संरक्षण गर्ने बताए ।

उनले भने, ‘अपाङगता भएका व्यक्तिहरुले संञ्चालन गरेका उद्योगहरुको लागि कच्चपदार्थमा भन्सार छुट दिने व्यवस्था मिलाइने छ । उनिहरुबाट सिर्जना भएको उत्पादनको सरकारले विशेष संरक्षण गर्नेछ ।

र स्वावलम्बिजिवनयापन गर्न सबै खालको सहयोग गर्नेछौं ।’ उनले क्षमता र रुचि अनुरुपको कामकालागि स्थानीय सरकार संगको सहकार्यमा नतिजामुखिकाम गर्न सरकार प्रयत्नशिल रहेको बताए ।

‘अपाङगतावा फरक क्षमता भएका श्रम सम्बन्धीवा रोजगार सम्बन्धीहकलाई सरकारले उच्च प्राथमीकतामा राखेको छ । अपाङगतावा फरक क्षमता भएकाव्यक्तिहरु लक्षित विभिन्न रोजगार मुलककार्यक्रम संञ्चालनगर्दै आएको छ । ’