काठमाडौं, २६ आसेज– साताको अन्तिम दिन सुनको मूल्य उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख १० हजार एक सय र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय ५० रुपैँया पुगेको छ । तर,चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
आजचाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।चाँदी तोलामा १३ सय ४५ रुपयाँ कायम भएको छ ।बिहीबार एक लाख ९ हजार ५ सयमा रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ६ सयले वृद्धि भएको छ ।
