काठमाडौं, २५ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले, देश छोड्ने युवाहरुको संख्या कहालीलाग्दो भएको भन्दै त्यसलाई रोक्न आवश्यक भएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले, वितको ९ वर्षमा ४३ लाख युवा विदेशिएको भन्दै यो दुखद भएको बताए । ‘यो ९ वर्षमा १२ हजारभन्दा बढि मान्छेको लास त्रिभुवन विमानस्थलबाट नेपाल फर्किन्छ, झन्डै ४३ लाख युवाहरु विदेश जान्छन् ।
एकदिनमा ३ हजारभन्दा बढि युवाहरु विदेशगई रहने त्यो त्रिभुवन विमानस्थल विदेश जानको लागि बनाइएको थिएन होला भन्ने लाग्छ ।’ उनले भने । उनले वर्षेनी विदेशीने युवाको संख्या बढेको भएपनि देशको आर्थिक अवस्था नसुधारिएको बताएका छन ।
‘२०६५, ६६ सालमा विदेश जाने युवाहरु १९ हजार थिए भने अहिलेको वर्ष ६ लाख ३० हजारभन्दा बढि छ । युवाहरु विदेश गएको गए छन् । ऋण थपिएको थपिएकै छ ।त्यो पैसाकहाँगयो यसको खोजी गर्नु हाम्रो कर्तव्य हो । ’ उनले भने ।
