काठमाडौ, २५ असोज– एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा ढुंगामुढा प्रहार भएको छ । आज बिहिबार झापाको अर्जुनधारामा एमाले निकट राष्ट्रिय युवासंघले गरेको कार्यक्रममा सहभागी बस्नेतमाथि दुर्गा प्रसाईं समर्थकले पहिचानवादीले ढुंगामुढा वर्षाएका हुन् ।
त्यस क्रममा बस्नेत सुरक्षित भए पनि कार्यक्रममा आएकाहरुले ल्याएका आधा दर्जन बढी सवारी साधनमाक्षति पुगेको प्रहरीले जानकारी दिएको छ । बस्नेतले भाषण गरिरहेका बेला दुर्गा प्रसाईं र पहिचान समथर्कले बस्नेतमाथि ढुंगामुढा गरेका थिए ।
उनीहरुले कालो झण्डा देखाउँदै बस्नेत र एमालेविरुद्ध नाराबाजी गरेका थिए । दुई पक्षबीचको सम्भावित झडपलाई मध्यनजर गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।
केही दिनअघि काठमाडौँको जमलमा प्रसाईंमाथि अज्ञात समूहले कालोमोसो दलेको थियो । प्रसाईंले बस्नेतले युवा संघका कार्यकर्ता लगाएर कालोमोसो दलेको आरोप लगाएका थिए । प्रसाईंले बस्नेतलाई आफूमाथि भएको दुव्र्यवहारको बदला लिने सार्वजनिक घोषणा गरेका थिए ।
