काठमाडौ, २५ असोज– चिरख्वा हाइड्रोपावर लिमिटेड सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा माग भन्दा ८ दशमलव ८७ गुणा बढी आवेदन परेको छ ।
आज बिहीवार बिहान १०:१३ बजे सम्ममा ६ लाख ९४ हजार १ सय जना आवेदकले ७६ लाख २३ हजार ४५० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्गले जानकारी दिएको छ । कम्पनीले असोज २३ गते देखि ८ लाख ५९ हजार ३ सय कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो ।
यस आईपीओमा आवेदन दिने अन्तिम दिन भोलि अर्थात असोज २६ गते सम्म रहेको छ । आवेदकले शुक्रवार बैंकिङ्ग समय सम्म आईपीओमा आवेदन दिन सक्नेछन् । सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ ।
