एमाले सांसद सूर्य थापाको प्रश्न:भारतीय प्रधानमन्त्री मोदी नेपालआएको हो कि होइन् ?

२५ आश्विन २०८०, बिहीबार १६:०५

काठमाडौं, २५ असोज–नेकपा एमालेका सांसद सूर्य थापाले, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा प्रवेश गरेको विषय सदनलाई जानकारी गराउन माग गरेका छन् ।

आज बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले भारतका प्रधानमन्त्री मोदी सुदूरपश्चिम नेपालको सीमावर्ती क्षेत्र अन्र्तगत पर्ने कालापानी, लिपुलेक र लिम्पयाधुरा अन्तर्गत पर्ने नेपाली भूमिमा भ्रमण गर्न आएको भन्ने कुरा आएको भन्दै सत्य कुरा सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

उनले भने,‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सुदूरपश्चिम नेपालको सीमा वर्ती क्षेत्र अन्र्गत पर्ने कालापानी, लिपुलेक र लिम्पयाधुरा अन्तर्गत पर्ने नेपाली भूमिमा भ्रमण गर्न आएको भन्ने कुरा सत्य हो कि होईन ?

यो सदनले त्यस बारेमा जानकारी चाहन्छ । म रुलिङको मागगर्दछु ।’ उनले शासकहरू यस्तो अवस्थामा मौन हुने विगतकै रोग भएको भन्दै सरकारको तर्फबाट सदन वेखबर बन्न नमिल्ने बताएका छन ।

उनले भने,‘‘नेपाल सरकार किन बेखबर छ । शासकहरू यस्तो अवस्थामा मौन हुने विगतकै रोग हो । यस्तै कि रबैया अपनाएको हो कि के हो ? सरकारको तर्फबाट यो सदन वेखबर बन्नमिल्दैन ।’