कोशीको मुख्यमन्त्री: इन्द्र आङ्बो, सत्ता गठबन्धनका साझा उम्मेद्वार पक्का

२५ आश्विन २०८०, बिहीबार १५:०६

काठमाडौं, २५ असोज– सत्तारुढ गठबन्धनले काशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित बिहीबार बालुवाटरमा बसेको सत्तारुढ दलको बैठकले आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले भने ‘ कोशीको मुख्यमन्त्री माओवादीलाई औपचारिक निर्णय भएको छ । त्यसमा माओवादीले इन्द्र आङ्बोलाई अघि सार्ने भनेको छ । हामीबीच सहमति भएको छ । ’