सामाजिक सञ्जालबाट हुने ठगी नियन्त्रण गर्न सरकारसंग सांसद पौडेलको माग

२५ आश्विन २०८०, बिहीबार १४:५८

काठमाडौं, २५ असोज– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजिक सञ्जालको माध्यमबाट व्यापारको ठगी धन्दा बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले टिकटक, ईन्टा ,फेसबुक लगायतका सामाजिक सञ्जालमा सामानको विज्ञापन गरी किन्न लगाउँने र अनलाइनको माध्यमबाट भुक्तानी गरेपछि सामान पनि प्राप्त नहुने र खाता बन्द गर्ने जस्ता ठगीका काम भइरहेको भन्दै सरकारले तत्काल ठगीको अन्त्य गर्न गर्नुपर्ने बताएका छन ।

उनले भने,‘पछिल्ले समय ठगिको नयाँ धन्दा सुरु भएको छ । टिकटक, ईन्टा ,फेसबुक लगायतका सामाजिक सञ्जालमा सामानको विज्ञापन गर्ने किन भन्ने र पैसा अनलाइनको माध्यमबाट भुक्तानी गरेपछि सामान पनि प्राप्त नहुने र खाता बन्द गर्ने यसरी ठगी धन्दा सुरु भएको छ ।

सरकारले तत्काल सम्बन्धित निकायलाई सक्रिय बनाएर प्रविधिको माध्यमबाट गर्ने ठगिको अन्त्य गरोस् र कारबाही गरोस् ।’ उनले सरकारले चाडवाडमा भएको मूल्य वृद्धिलाई नियन्त्रण गर्न नसक्दा जनतामा आशा पनि कम हुदँै गएको बताए ।