१ लाख ३९ हजार नक्कली नोटसहित दुईजना पक्राउ

२५ आश्विन २०८०, बिहीबार १३:३६

नवलपरासी, २५ असोज– १ लाख ३९ हजार नक्कली नोट सहित नक्कली नोट बनाउन प्रयोग हुने सामान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका–४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थाननक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरु सहित २ जनालाई हिजो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासीपूर्व बुलिङटार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्णबहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका–३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा खोतलासीगर्दा नक्कली नोट र नक्कली नोट बनाउनप्रयोग हुने स्ट्याम्पप्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैँचीलगायतकाविभिन्न सामानसहितपक्राउ गरेको प्रहरीले जनाएको छ ।