इजरायलबाट नेपालीको शव तत्काल ल्याउन सकिँदैन्: परराष्ट्र मन्त्रालय

२४ आश्विन २०८०, बुधबार १८:०४

काठमाडौँ, २४ असोज– परराष्ट्र मन्त्रालयले इजरायलमा मारिएका नेपालीको शव तत्काल ल्याउन नसकिने प्रष्टपारेको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले शव तत्काल ल्याउन नसकिने प्रष्टपारे कीहुन् ।

‘शव तत्काल ल्याउन सकिदैन् । इजरायल सरकारको प्रोटोकल अनुसार अहिले नै आउँदैन । अहिले पनि युद्धकै अवस्था रहेकाले उहाँहरूले शव व्यवस्थापनका विषयमा केही सोच्नुभएको छैन ।

हामीले पहल गरि रहेकाछौं । तर, तत्काल ल्याउन सकिँदैन’ उनले भनिन् । पहिलो चरणमा विद्यार्थीहरूको उद्धार गरिने जानकारी दिँदै उनले भनिन्,शवभने इजरायल सरकारले आफ्नो प्रकृया पुरा गरेर हस्तान्तरण गरे पछि मात्रै आउने बताइन् ।

‘तत्कालै ल्याउन सकिँदैन । मृतकका आफन्तहरूको शव ल्याउन ढिलाई हुँदा पीडाहुनु स्वभाविकहो । तर, इजरायलमा युद्धकै अवस्थामा रहेकाले तत्काल शवल्याउन सकिँदैन । सबैले त्यहीअनुसार बुझिदिनुपर्यो’ उनले भनिन् ।