इजरायल घटनाप्रति मानवअधिकार आयोगको चासो: स्वदेश फर्किन चाहानेलाई तत्काल उद्धार गर्न आग्रह

२४ आश्विन २०८०, बुधबार १७:३६

काठमाडौं, २४ असोज– राष्ट्रिय मानव अधिकार आयोगले, इजरायलमा भएको हमलामा परी निधन भएका नेपालीहरुको शवय थाशीघ्र स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा, शव नेपाल ल्याउन, घाइतेहरुको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता रहेका नेपालीहरुको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, आग्रह गरिएको छ ।

त्यस्तै आयोगले, पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न र स्वदेश फर्किने चाहना भएका नागरिक हरुलाई स्वदेश फर्काउनका लागि प्रभावकारी पहल गरी नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षणगर्न समेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।