अख्तियार सदस्यलाई नै अख्तियारले मुद्दा चलाउनु पर्ने स्थिति दुर्भाग्य पूर्ण: सांसद थापा

२४ आश्विन २०८०, बुधबार १६:५९

काठमाडौं, २४ असोज– कांग्रेसका सांसद गगन थापाले, अख्तियारका सदस्यलाई अख्तियारले मुद्दा लगाउनु पर्ने अवस्था दुभाग्र्य पूर्ण भएको बताएका छन् ।

बुधबार राज्य व्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार नियन्त्रणका लागि जरामै समस्या रहेको भन्दै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नियुक्ति प्रक्रियामै दलगत हस्तक्षेप र भागबन्डा भएकाले समस्या बढेको बताएका छन ।

उनले भने,‘यसको जरामा समस्या छ । जरामा समस्या भनेको नियुक्तिमा समस्या छ । नियुक्तिमा यति दलगत हस्तक्षप र भागबन्डा छ । पछिल्लो समय अदालतले समेत भाग खोजेको छ ।

अख्तियारको सदस्यलाई अख्तियारले मुद्दा लगाएर बस्नुपरेको अवस्था आएको छ ।’ उनले अख्तियार आयोगको नियुक्तिको मापदण्ड र प्रक्रियालाई बदल्न आवश्यक रहेको बताएका छन ।

अख्तियारको सदस्यलाई अख्तियारले मुद्दा लगाएर बस्नुपरेको अवस्था आएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका नियुक्तिमा दलगत हस्तक्षप र भागबन्डा रहेको बताएका हुन् ।

उनले भने,‘अख्तियार आयोगका नियुक्तिको मापदण्ड,प्रक्रियालाई नबद्लिकन यहाँ गर्ने कुरा मात्रहुन्छ ,परिणा मदिँदैन् । नियुक्ति मापदण्डबारे कानुनमै समावेश गर्नुपर्छ । उनले राष्ट्रिय सतर्कता केन्द्रलाई अख्तियार मातहतलैजानु पर्ने बताएका छन ।