कृषिमा आत्मनिर्भर बन्न दृढ इच्छाशत्ति आवश्यकछः समिति सभापति देउवा

२४ आश्विन २०८०, बुधबार १६:४५

काठमाडौं, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणा देउवाले, कृषिमा आत्मनिर्भर बन्नदृढ इच्छा शक्ति आवश्यक रहेको बताएकी छिन् ।

बंगलादेशबाट फर्किए पछि बुधबार समितिको बैठकमा उनले अध्ययन भ्रमणबारे जानकारी गराउँदै उनले सरकारले नीति बनाएर मात्रै नहुने भन्दै त्यसकालागि इच्छाशक्ति महत्वपूर्ण रहेको उल्लेख गरेकी हुन्।

‘बङ्गलादेशले चामलमा गरेको आत्मनिर्भरबारे हामीले त्यहाँ रिसर्च सेन्टरदेखि कृषि मन्त्रालय, सम्बन्धित संसदीय समिति र सरकारका अधिकारीसँग छलफलगर्दा सबैमा राजनीतिक इच्छाशक्ति नै बलियो आधार भएको पायौं।

बंगलादेशमा कृषिमै रिसर्च गर्ने १४ वटा संस्था रहेछन्।’उनले भनिन् । उनले प्रधानमन्त्री, कृषि मन्त्रालयसहित सबै राजनीतिक दलहरुलाई कृषिमा आत्मनिर्भर बन्न बंगलादेशबाट धेरै कुरा सकिनेबारे सुझावदिने बताइन् ।

उनले भनिन् ‘बंगलादेशबाट नेपालले धेरै कुरा सिक्नसक्छ । समितिले त्यसका लागि सरकारलाई सकारात्मक दवावदिनेछ ।’बंगलादेशको जमिन नेपालको भन्दाकम उर्बर भएपनि उनीहरुले माटो सुहाउँदो कृषि गरेको उनले बताइन्।

कृषि समितिको टोली असोज १५ देखि २० गतेसम्म बंगलादेश भ्रमणमा गएको थियो ।बंगलादेशले रिर्सचबाट कठिन जमिनमा पनि उत्पादन थालेको कुरा ग्रहण योग्य भएको उनले बताएकी छन ।

बंगलादेशले कृषिमा आत्मनिर्भर बन्नहासिल गरेको सफलता र त्यहाँ रहेका कृषि परियोजनाको अध्ययन गर्न देउवाको नेतृत्वको संसदीय टोली बंगलादेश गएको थियो।त्यस्तै उनले नेपाली सुपारी, मत्स्यपालन र बाँदरको समस्याबारे छलफल गर्न आवश्यक देखिएको बताएकी छन ।