एकल अङ्कले बढ्यो नेप्से, १ अर्ब ८ करोड रुपैयाँको कारोबार

२४ आश्विन २०८०, बुधबार १६:२७

काठमाडौं, २४ असोज– आज बुधबार सेयर बजार परिसुचक नेप्से एकल अङ्कले बढेको छ। आज शेयर बजार पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ विन्दुमा पुगेको छ ।

कारोबारको यसदिन उत्पादन, व्यापार र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू सबै समूहको शेयर सामान्य उकालो लागेको छ । सबैभन्दा धेरै सिटी होटल, माण्डु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।

समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ।आज ३७ लाख ३३ हजार कित्ता शेयर एक अर्ब आठ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन्।