काभाच्यालेन्ज कप: नेपालले आज अफगानिस्तानसँग खेल्दै

२४ आश्विन २०८०, बुधबार १४:०७

काठमाडौं, २४ असोज– काभापुरुषभलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानसँग प्रतिश्पर्धा गर्दैछ । कोलम्बोमा जारी प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा नेपाल अफगानिस्तानसंग प्रतिश्पर्धा गर्न लागेको हो ।

बंगलादेशलाई हराएर प्रतियोगितामा शानदार सूरुआत गरेको नेपाल दोस्रो खेलमा मंगलबार नेपाल घरेलु टोली श्रीलंकासँग सोझो सेटमा पराजित भएको थियो ।

मंगलबारनै भएको खेलमा अफगानिस्तानले बंगलादेशलाई हराएको थियो । एसियन गेम्समा सहभागीभएर नेपालफर्किएको टोलीकाभाच्यालेन्जकप खेल्ने श्रीलंकागएको हो ।