नेपालले भोलिदेखि विश्वकप छनोट खेल थाल्दै, लाओससंगको खेलकालागि तयार

२४ आश्विन २०८०, बुधबार १३:५८

काठमाडौं, २४ असोज– नेपालले भोलिदेखि सुरु हुने आफ्नो विश्वकप छनोटका लागि तयार रहेको जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक र कप्तान दुबैले नेपाल खेलकालागि तयार रहेको बताएका हुन् ।

भोली साँझ लोओसविरुद्ध खेल्दै नेपालले विश्वकप छनोटको यात्रा सुरु गर्नेछ । यसका लागि नेपालीटिम तयार रहेको प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले बताए ।

यो खेल आफ्नालागि पनि अवसर भएको बताएका उनले भने ‘यो मरो पनि पहिलो विश्वकप छनोट हो । मैले आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गरेको छु ।’

नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसेले टिममा रहेका नयाँ र उर्जावान युवाहरुले राम्रो प्रर्दशन गर्नेमा आशाबादी रहेको बताएका उनले भने, ‘अहिले धेरै भन्नचाहन्न, भोलि देखाउँछु ।’