इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा माइतीघरमादीप प्रज्वलन

२३ आश्विन २०८०, मंगलवार १८:३९

काठमाडौं, २३ असोज– युवा संघ नेपालले, इजरायल – हमास द्वन्द्वमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन गरेको छ । उनीहरुले ज्यान गुमाउनेहरुको चिर शान्तीको कामना गरेका छन् ।

दीप प्रज्वलनमा उपस्थित भएकाहरुले ‘मरो सरकार खोई’, ‘युद्ध रोक’,‘बचाउँछु भनेको क्षतिभो,आस्वासन अब अत्ति भो’, ‘डर र त्रास मेटाइदे,स्वदेशमा पाइला टेकाइदे’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रर्दशन गरेका थिए। उनीहरुले मृतकका आफन्त र परिवाजनमा समवेदना प्रकट गर्दै धैर्य धारण गर्न सक्ने क्षमता प्राप्त होस भन्ने कामना गरेका छन् ।