नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

२३ आश्विन २०८०, मंगलवार १२:१६

काठमाडौं, २३ असोज– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।