यस्तो कमजोर नेतृत्व भएपछि देश कसरी अगाडि बढ्छ ?: रघुजी पन्त

१८ आश्विन २०८०, बिहीबार १५:५५

काठमाडौं,१८ असोज– नेकपा एमालेका सांसद रघुजी पन्तले देशको ईज्जत राष्ट्रपति,प्रधानमन्त्री मन्त्री,सांसद र देशका प्रशासकहरुको भुमिकाले पनि निर्धारण गर्ने स्मरण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको विषेश समयमा उनले राष्ट्रको प्रतिनिधित्व गर्नेहरुले मर्यादा राख्न नसकेको तर्क गरे ।

‘आज यस्तो समाचार छापिएको छ नेपालका प्रधानमन्त्री र एमसीसीका एक्ज्युकेटिभ डाइरेक्टरले संगै उभिएर एमसीसी कार्यन्वयन सुरु भएको हर्षोल्लासमा आयोजना गरेको कार्यक्रमको उद्धघाटन ।

प्रधानमन्त्रीसंग सुहाउने मान्छे भएत ठिकै छ तर एमसीसी एक्ज्युकेटिभ डाइरेक्टर र प्रधानमन्त्री सुहाउँछ ?’त्यस्तै उनले क्रृणको पासोका परिएका की भनेर त्रास फैलाएर बीआरआई कार्यन्वयन गर्न रोकिएको बताए ।

‘विआरआई कार्यन्वयन गर्छौ भनेर गएका प्रधानमन्त्रीको चिनमा किन हात कामयो थाहा छैन् । र नेपालले एउटा मौका गुमायो ।

अब त्यो अवसर आउँदैन् । यस्तो खालको कमजोर नेतृत्व देशमा भएपछि कसरी देश अगाडी बढ सक्छ । ’हामीले छिमेकमा रहेको आर्थिक शक्तिबाट फाईदा लिन चुक्न नहुने उनको भनाई छ।