एसियाली खेलकुदमा सहभागि राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

१८ आश्विन २०८०, बिहीबार १३:४९

काठमाडौं, १८ असोज– नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।१९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागि नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए । उनले भने, ‘सोचेको जस्तो रिजल्ट आएन् ।

चुनौतीपुर्ण त छँदै थियो तर अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुप¥यो । निरासासंगै संगै खेल सकारात्मक नै थियो ।

’आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताए । त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताए ।