नेपालगञ्जको कर्फ्यु आंशिक रुपमा हटाइयो

१८ आश्विन २०८०, बिहीबार १३:१३


काठमाडौं, १८ असोज– समाजिक संञ्जालमा लेखिएको विषयलाई लिएर तीन दिनदेखि नेपालगञ्ज उप–महानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ ।

आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ । आज बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी छ ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।

बुधबारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भएको थियो ।