काठमाडौं, १८ असोज– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको छ ।
यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ ।
आजको बैठकमा प्रतिनिधि सभाका पूर्व सदस्य खेमराज भट्ट मायालुको निधनमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत समेत गर्नेछन् ।
