घट्यो पाउण्ड र युरोको मूल्य,अरुको के छ ?

१७ आश्विन २०८०, बुधबार ११:३२

काठमाडौं, १७ असोज– नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसामाझरेको छ। मंगलबारको तुलनामा पाउण्डको मूल्य घटेको छ ।

हिजो पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १२ पैसा र बिक्री दर १६१ रुपैयाँ ८६ पैसा तोकिएको थियो । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा र क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७९पैसा र बिक्री दर ९७ रुपैयाँ २३ पैसा रहेको छ ।