राष्ट्रपति पद खोपाको मुर्ति र संवेदनहिन भयो: सांसद प्रेम सुवाल

१६ आश्विन २०८०, मंगलवार १८:३४


काठमाडौं, १६ असोज– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले, राष्ट्रपति पद खोपाको मुर्ति र संवेदनहिन हुननहुने बताएका छन् ।

राष्ट्रपतिले शासक दलका कार्यकर्ता ज्यानमारा भए पनि सरकारको सिफारिस अनुसार रिहा गरेको दाबी गर्नु गलतभएको उनको भनाई छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रपति पद खोपाको मुर्ति र संवेदनहिन भएको भन्दै राष्ट्रपतिले शासक दलका कार्यकर्ता ज्यानमारा भएपनि सरकारको सिफारिस अनुसार रिहा गरेको दाबी गर्नु गलत भएको बताएका हुन् ।

उनले भने,‘राष्ट्रपति रामचन्द्र पौडेलले शासक दलका कार्यकर्ता ज्यानमारा भएपनि सरकारको सिफारिस अनुसार रिहा गरेको दाबी गर्नु गलत छ ।

राष्ट्रपति पद खोपाको मुर्ति र संवेदन हिनहोईन् ।’ उनले सरकारले नेपाल र नेपालीलाई सिकिम जस्तै गराउने प्रस्ताव राखेपनि राष्ट्रपतिले समर्थन गर्न नमिल्ने टिप्पणी गरे ।