काठमाडौँ, १६ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सरकारले न्यायलयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकाले न्यायालयको गरिमा, निष्पक्षता,स्वच्छता स्वतन्त्रता र समग्र उचाईमाथि पटक पटकप्रहार गरेको भन्दै न्यायलयलाई गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाएका हुन्।
‘गठबन्धनले जन्माएको दुई वटा सरकारले न्यायालयको गरिमा, निष्पक्षता,स्वच्छता स्वतन्त्रता र समग्र उचाईमाथि पटक पटक प्रहार गरेको छ ।
न्यायलयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको हो ?’ उनले भने, ‘सम्भव छैन । हामीपनि छौँ यो देशमा ।
हामी न्यायालयलाई स्वतन्त्र सम्मानित, मर्यादित न्यायालयका रूपमा राख्न चाहन्छौँ । तपाईँहरूको विभाग बनाउन दिँदैनौँ ।’
उनले न्यायाधीश नियुक्तिर सरुवाआइसवर्ग भएको भन्दै संवैधानिक दुर्घटनाको कारक बन्नसक्ने भएकाले सावधान रहन समेत आग्रह गरे ।
