काठमाडौं, १६ असोज– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिहरेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधान कानून र राज्य प्रणालिले नचिनेका विचौलिया र गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिहरेको आरोप लगाएका हुन् ।
उनले भने,‘इतिहासको कुन सरकारसंग यसलाई तुलना गर्ने । राजनीति र अपराधमा फरक देखिन छोड्यो । आर्थिक संकट एकातिर ।
शान्ति सुरक्षाल विग्रदो अर्कातिर संविधान कानून र राज्य प्रणालिले नचिनेका विचौलिया र गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिहरेका छन् ।
गठबन्धनका दलका लागि कोही संविधान कार्यान्वयन हुनुपर्ने होईन्, त्यस बाहिर मनपरि कार्यान्वयन भईराख्या छ ।’उनले काम गरिरहेका डाक्टरहरुले एकै चोटी विदेश जान पासपोर्ट लिईरहेको भन्दै ।
सक्षम जनशक्ति मात्र नभएर सक्षम नभएकाहरु काम गर्न पाउने पनि भागिरहेका टिप्पणी गरेका छन ।
