बझाङमा दुई ठूला भूकम्प, दर्जन बढी भौतिक संरचनामा क्षति

१६ आश्विन २०८०, मंगलवार १७:१०


काठमाडौँ, १६ असोज– सुदूरपश्चिम प्रदेशमा गएका दुई ठूला भूकम्पका कारण ठुलो भौतिक क्षतिभएको छ । भूकम्पले बझाङका धेरै घर, विद्यालय,सडक तथा भौतिक संरचनामा क्षतिपुगेको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्पगएको थियो ।

उक्त भूकम्पगएको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को ठूलो भूकम्पगएको हो ।

भूकम्पको धक्का केन्द्रिय राजधानी काठमाडौं तथा भारतको राजधानी दिल्लीसम्म महसुस गरिएको थियो । जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीका अनुसार केही भौतिक संरचनाहरुमा क्षतिपुगेको प्रारम्भिक विवरण आएपनिहाल सम्म कुनै मानविय क्षतिभएको छैन ।

भूकम्पका कारण पश्चिम नेपालमा कतिक्षतिभयो भन्ने पूर्णविवरण आउनबाँकी छ ।