बझाङ केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टरको भूकम्प

१६ आश्विन २०८०, मंगलवार १६:४६

काठमाडौं, १६ असोज– सुदुरपश्चिम प्रदेशको बझाङ जिल्ला केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । मंगलबार दिउँसो ३ बजेर ५ मिनेटमा सो भूकम्पको गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कैलाली, डोटी, डडेल्धुरा, बाजुरा लगायत आसपासका जिल्लामा महसुस गरिएको छ । सो धक्का काठमाडौंमा समेत सामान्य महसुस भएको छ । स्थानीयले उल्लेख गरेका छन् । थपविवरण आउन बाँकी रहेको छ ।