गृहमन्त्री श्रेष्ठ र एमसीसीका सिईओ अल्ब्राइटबीच शिष्टाचार भेटवार्ता

१६ आश्विन २०८०, मंगलवार १५:४७


काठमाडौं, १६ असोज–उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठर एमसीसी, अमेरिकाका सिईओ एलिस अलब्राइटबीच शिष्टाचार भेटघाट भएको छ ।

मंगलबार गृह मन्त्रालयमा भएको भेटमा उप्रधानमन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक परिवर्तन पछि नेपालको सरकार जनताको आर्थिक–सामाजिक विकासको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा केन्द्रित रहेको र एमसीसी जस्ता परियोजनाको सफल कार्यान्वयनले त्यसमा योगदान दिने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

साथै नेपालको संसदले नै एमसीसी परियोजनापारित गरेकोले यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको श्रेष्ठले बताएका छन् ।

परियोजनाको लागिजग्गा अधिग्रहण गर्ने र समग्र सुरक्षाको प्रत्याभूति गराउने काममा गृह मन्त्रालयलागेको बताउँदै उनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी हरूले जग्गा अधिग्रहणमा सहजीकरण गरिरहेको र परियोजना सुरक्षाको लागि कुनै कमी नहुने विश्वास दिएका थिए ।

त्यस क्रममा सिईओ अल्ब्राइटले पाँच वर्षमा एमसीसी परियोजना सक्नैपर्ने भएकोले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेकोमा खुशी गरेकी छिन् ।

एमसीसी अमेरिकी वैदेशिक सहयोगको महत्त्वपूर्ण अंगभएको र यसको कार्यान्वयनले नेपाल–अमेरिका सम्बन्धथप प्रगाढ हुने सिईओ अल्ब्राइटको विश्वास छ ।