प्रचण्डलाई ओलीको अल्टिमेटम: आगामी मन्त्रिपरिषद्बाट फागुन १ को बिदा फिर्ता लिनुस्

१६ आश्विन २०८०, मंगलवार १५:०९

काठमाडौ, १६ असोज– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली ‘जनयुद्ध दिवस’ भनेर फागुन १ मा दिइएको सार्वजनिक बिदा फिर्ता लिन प्रचण्ड नेतृत्वको सरकारलाई अल्टिमेटम दिएका छन् ।

आगामी मन्त्रिपरिषद बैठकले यो फिर्ता नलिए माओवादीले युद्ध त्यागेको छैन भन्ने प्रष्ट हुने उनको तर्क रहेको छ । आज मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो बताका हुन ।

ओलीले आफूहरुको विरोधका बाबजुद सरकारले फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरेको पनि बताएका छन । २०७९ सालको माघ २९ गते बसेको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवस भनेर सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा १० वर्षसम्म चलेको सशस्त्र युद्ध २०५२ साल फागुन १ गतेदेखि सुरु भएको थियो ।