अर्थतन्त्र सुधारको कार्य प्रगति संसदीय समितिमा बुझाउन सांसद वाग्लेको माग

१६ आश्विन २०८०, मंगलवार १४:०६

काठमाडौं, १६ असोज– अर्थ शास्त्री एवं सांसद स्वर्णिम वाग्लेले बजेटमा घोषणा गरिएका प्रोत्साहन कार्यक्रम कार्यप्रगति विवरण संसदीय समितिलाई उपलब्ध गराउन अर्थमन्त्रालय सँगमाग गरेका छन् ।

आज मंगलबार अर्थ समितिको बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षामा भाग लिएका समिति सदस्य वाग्लेले अर्थ मन्त्रालयसँग सरकारले बजेटमा घोषणा गरेका विविध कार्यक्रम हरुको कार्यविवरण माग गरेका हुन् ।

उनले भने, ‘बजेट बक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पूँजीगत खर्चको प्रभावकारीताबारे विभिन्न इनिसियटिभहरुको घोषणा गरिएको थियो ।

तिनको कार्यप्रगति के छ ?कुनै साउनमै आउनुपर्ने थियो,कुनै असोजमा आउने भनिएको छ । कार्तिकपछि त एउटा कडा डेटलाइमा हामी जन्छौ ।

त्यो हरेक बुँदाको विरुद्धमा आउनुपर्ने प्रगति अर्थ समितिबाट आयो भने राम्रो हुन्छ ।’ वाग्लेले सरकारलाई आर्थिक क्षेत्रमा सुधारका लागि पर्यटन र उर्जा क्षेत्रको अर्थतन्त्रमा योगदानको हिस्दा उल्लेख गर्दै सरकारले औसतमा म्याक्रो सूचकहरुमा दिने महत्वलाई अवस्था हेरेर सूचकहरुमा ध्यान दिनुपर्नेमा जोड दिए ।

मोटरसाइकस रिपियल, होलसेल,रिटेलर जस्ता क्षेत्रको झन्डै १६ प्रतिशत योगदान अर्थतन्त्रमा देखिएको भन्दै उनले त्यस्ता क्षेत्रलाई समेटेर कार्यक्रम बनाउन आग्रह गरे ।