अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ सबै गम्भीर हुनुपर्छ: अर्थ सचिव पुष्कर

१६ आश्विन २०८०, मंगलवार १३:५४

काठमाडौं, १६ असोज– अर्थ सचिव डा. कृष्णहरी पुष्करले हालको राजस्वनीति र परम्परमगत राजस्व संकलन गर्ने अवस्थामा परिवर्तन नगरे अर्थतन्त्रमा थप अप्ठ्यारो अवस्था आउन सक्ने बताएका छन ।

आज (मंगलबार) अर्थ समितिको बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षामा भागलिएका सचिव पुष्करले समितिमा राजस्व संकलनको पुरानो तरिका परिवर्तन गर्नुपर्ने बताएका छन ।

उनले भने, ‘अहिले भैरहेको जुन राजस्व नीति छ र जसरी अहिले हामी परम्परागत रुपमा राजस्व उठाउँछौ त्यो हिसावले जाँदा हामी अब अप्ठ्यारोमा पर्छौ । त्यसकारण बेलैमायस तर्फ सोच्नुपर्छ ।’

उनले सरकारको राजस्वमा पेट्रोलियम पदार्थ,दूरसञ्चार शुल्क र सेवासँग सम्बन्धित करहरुको योगदान धेरै रहेको र त्यो विस्तारै घट्दो क्रममा रहेको उल्लेख गर्दै त्यसको विकल्प खोज्नुपर्ने बताएका छन ।

उनले सरकारले विभिन्न वस्तु तथा सेवामा गरेको कर छुटको प्रभावआमजनतामा परेको छ कि छैन राष्ट्रिय स्तरबाटै त्यसको समीक्षा गर्नुपर्ने उल्लेख गरेका छन ।

साथै,अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भन्दै राजस्व संकलन र अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्नेमा उनको जोड छ । ‘

समस्याको पहिचान र स्वीकार नगरीकन त्यसको सुधारको प्रस्तान विन्दु सुरु नहुने भएकाले अर्थतन्त्रको अवस्था लुकाउने पक्षमा हामी छैनौ ।

अर्थतन्त्र अप्ठ्यारो अवस्थामा चाँही छ तर, हामी संकटकै अवस्थामा पुगेको भने होइन । लगानी योग्य रकम छ,व्याजर पनि केही घटेर आएको छ ।

अब हामीले धेरै वर्षदेखि विरासतको रुपमा रहेको अर्थतन्त्रको जुन समस्याहरु छन्त्यसबाट फड्को मार्न जरुरी छ,’पुष्करले भने । उनले सबै मन्त्रालयले आर्थिक समस्या समाधान गर्न गम्भीर भएर लाग्नुपर्ने बताए ।