यातायातव्यवस्थापनको तयारीबारे पूर्वाधार समितिले मन्त्रीज्वालासंग छलफल गर्ने

१५ आश्विन २०८०, सोमबार १७:४३

काठमाडौँ, १५ असोज– संघीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

सोमबार बसेको बैठकले दशै, तिहार जस्ता चाडपर्वलाई लक्षितगर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउने उद्देश्यका साथअसोज १७ गते बुधवार बस्ने समितिको बैठकमा मन्त्री ज्वालासहितका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई बोलाउने निर्णय गरेको समितिका सभापति दिपकबहादुर सिंहले जानकारी दिए ।

उनले भने,‘समितिको बैठक असोज १७गते बुधवार बिहान ११ बजे बस्ने छ । त्यसमा पूर्वाधार मन्त्रालयका मन्त्रीलाई उपस्थित हुन आग्रह गर्दछु ।

अहिले दशै तिहार छठ पर्व भएकाले यताबाट जाने राजमार्गहरु वर्षात र पहिरोले तहस–नहस भएको छ । चाँडो बनाउँन र उपत्यकाबाट बाहिरी जिल्लाहरुमा लाखौंको सङख्यामा जनताहरु घर जाने भएकाले जाने बस व्यवस्थापन र टिकटको व्यवस्थापन गर्न मन्त्रीज्यूलाई बोलाएको छु ।’

असोज १७ गते बस्ने बैठकमा मन्त्रीज्वाला समक्ष समितिका सदस्यहरुले दसैँ, तिहारजस्ता चाडपर्वमा घर जाने यात्रुहरुका लागि आवश्यक यातायातको व्यवस्था गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउने पनि सो समितिले जनाएको छ ।