राजा र राजसंस्था स्थापनाका लागि काठमाडौंमा जनप्रर्दशन हुने

१५ आश्विन २०८०, सोमबार १७:०२


काठमाडौं, १५ असोज– शाही युवाशक्ति नेपालले, राजा र राजसंस्था स्थापनाका लागि जनप्रर्दशन गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, आगामी असोज २० गते रत्नपार्क देखि नारायणहिटीसम्म विशालप्रदर्शन गर्ने घोषणा गरेकोहो ।

उक्त प्रदर्शनमा स्वतस्फूर्त अनिवार्य सहभागी भइदिन आम जनतासँग अपील गरिएको छ । शाही युवाशक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनता अब राजाको पक्षमा खुल्न थालेको बताएका छन ।

राजाल्याएरै छाड्ने जनताको अठोट रहेको उनको भनाई छ । राजसंस्था चाहियो भनेर एक लाखमात्रै जनता सडकमा आउने हो भने ज्ञानेन्द्रलाई पुनः राजा बनाउन सकिने उनलको विश्वास रहेको छ ।

उनले विदेशीको इसारामा गणतन्त्रवादी हरुले राजसंस्था फालेको आरोप लगाएका छन । ‘रामकुमारी झाँक्री मन्त्री पद छोड्दा क्वाँक्वाँ रोईन् ।

यिनीहरुलाई पद र पैसा प्यारो छ । यिनीहरुको पछाडि लागेर हामीले गणतन्त्र घिसार्ने कामनगरौं ।’ उनले भने,‘जनतालाई नसोधी चोर बाटोबाट ल्याइएको गणतन्त्र हो ।

मरेको गणतन्त्र घोषणा गरिएको हो यो । यो गणतन्त्रको सिनो गनाइसक्यो । यो सिनोको चाँडो दाहसंस्कार गर्न आवश्यक छ ।’ उनले नारायणहिटीमा राखिएको श्रीपेचखोस्नु पर्ने समेत बताएका छन । ‘

अब आउने २० गते रत्नपार्कमा भेलाहोउँ । २०औं हजार मान्छे सहभागीहोउन भन्ने मेरो अपेक्षा रहेको छ । त्यो मास नारायणहिटीमा गएर राजाले छोडेको श्रीपेच खोस्न सक्नुपर्छ ।’

उनले भने,‘त्यसलाई लिन सक्नुपर्छ । श्रीपेचजनताको अधिकार हो । त्यो जनताको अधिकार प्रयोगगरेर राजालाई गद्दीमा ल्याउन पर्छ ।’