औषधितथा स्वास्थ्य सामग्री सम्बन्धी विधेयक प्रति व्यवसायीको असहमत : सभामुख देवराज घिमिरेलाई ज्ञापपत्र

१५ आश्विन २०८०, सोमबार १५:४३

काठमाडौं, १६ असोज– नेपाल औषधि व्यवसायी संघले, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ‘औषधितथा स्वास्थ्य सामग्री (नियमनतथा नियन्त्रण) ऐन’ सम्बन्धी विधेयकका कतिप यप्रावधानमा असहमति जनाउँदै ज्ञापन पत्रबुझाएको छ ।

संघका उपाध्यक्ष रामचन्द्र शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले औषधि व्यवसायी संघजस्ता सरोकारवाला सँग छलफल नगरी ऐन ल्याइएको भन्दै असन्तुष्टि जनाएको हो ।

संघका अध्यक्ष प्रकाश कुमार खण्डेलवालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा‘औषधितथा स्वास्थ्य सामग्री सल्लाहकार समिति’मा नेपाल औषधि व्यवसायी संघलाई सदस्य नराखिएकाले संशोधनमा गरिएको छ ।

‘औषधि जस्तो संवेदनशील वस्तुसम्बन्धी ऐनको मस्यौदा बनाउँदा ५० वर्ष भन्दाबढी यही क्षेत्रमा योगदान गरेको महत्वपूर्ण सरोकारवाला संस्था नेपाल औषधि व्यवसायी संघलाई सम्बन्धित पक्षले कुनै पनि जानकारी नदिएको व्योहोरा समेत अवगत गराउँदछौं,’ ज्ञापन पत्रमा भनिएको छ ।

संस्थागत प्रतिनिधित्व सुनिश्चित हुनेगरी संघले संशोधन विवरण समेत पेस गरेको छ । प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले असोज १२ गते गैरसरकारी विधेयकदर्ता गराउनु भएको थियो ।

सभामुख घिमिरेले संघको मागबारे आफ्नो ध्यानकर्षण भएको बताउँदै आवश्यक छलफल गर्ने उल्लेख गरे । संघीय संसद सचिवालयका प्रवक्ता एक राम गिरीले गैरसरकारी विधेयकका प्रक्रियाबारे जानकारी गराएका थिए ।