रामेछाप, १५ असोज– रामेछापको लिखु तामाकोसी–२ सैपुकाजनप्रतिनिधिहरू आफैँ खटेर विद्युतको तार फेर्ने काममा जुटेका छन् ।
वडा अध्यक्ष सन्तोष पौडेल लगायतका जनप्रतिनिधि आफैँ खटेर श्रमदान जुटाउँदै गाउँमा तानिएको पुरानो तार फेर्ने काम गरिरहेका छन् ।
‘नेपाल विद्युत प्राधिकरणले पहिला नाङ्गो तार तानेको थियो, नाङ्गो तार हुँदा रुखका हाँगाले छोएर बारम्बार लाइनजाने समस्या भएकोले प्लास्टिक कोटेड तार फेर्न लागिएको हो’, उनले भने ।
विद्युत प्राधिकरणको मन्थली वितरण केन्द्रले तार र तार तन्ने प्राविधिक उपलब्ध गराइदिएको र बाँकीकाम वडा कार्यालयले नै गरेको पौडेलले जानकारी दिएका छन ।
पौडेलले भने, ‘प्राधिकरणसँग टाढासम्म तार ढुवानी गर्ने खर्च हुँदो रहेनछ, वडा कार्यालयले ढुवानी साधन व्यवस्था गरेर हामी आफैँ गएर सामान लोड गर्यौँ, वडा कार्यालयमाल्याएर अनलोड पनिहामीआफैँले गर्यौँ, लोड–अनलोडको काममा म आफैँ खटेँ, अन्य साथीहरू पनि खट्नुभयो ।’
अहिले गाउँमा पुरानो तार फेरेर नयाँतार तान्ने काम चलिरहेको छ । सैपुको दिलौरी डाँडादेखि फेदीसम्मको मेनलाइनको तार फेर्ने काम भइरहेको पौडेलले बताएका छन ।
पहिलो चरणमा कुल ६ किलोमिटर दुरीमा तीन फेज अर्थात् १८ किलोमिटर तार फेर्न लागिएको पौडेलले जानकारी दिएका छन ।
प्राधिकरणले पोलमा तार बाँध्ने प्राविधिक उपलब्ध गराएको भएपनि तार तान्ने धेरै जनशक्ति चाहिने भएकोले तार तान्ने काममा पनि आफू लगायत वडाका जनप्रतिनिधि खटेका पौडेललेको भनाई रहेको छ ।
‘वडाका सबै जनप्रतिनिधि खटेर गाउँले हरूलाई जुटाउँदै काम गरिरहेका छौँ’, उनले भने ।
