एसियाली खेलकुद: क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

१५ आश्विन २०८०, सोमबार १३:२२

काठमाडौं, १५ असोज– १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।

यस अघि पहिलो चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएर नेपालले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाएको नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्ने पक्का भएको हो ।

नेपालले हालैमात्र एसिया कपमा भारतसँग खेलेको थियो । प्रतियोगितामा ५ वटै टेस्ट राष्ट्र लाई सोझै क्वाटरफाइनलमा स्थान दिइएको थियो ।