गौरमा डेढ दर्जन ‘टिकटक स्टार’ पक्राउ

१४ आश्विन २०८०, आईतवार १७:०५

रौतहट, १४ असोज– प्रहरीले रौतहटबाट होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन ‘टिकटक स्टार’ लाई नियन्त्रणमा लिएको छ ।

सिया पैलेस होटेलमा मदिरा सेवन गरी होहल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटक स्टार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन ।

घटनाबारे छानबिन भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन । पक्राउ पर्नेमा गरुडा नगरपालिका– १ जयनगरका राजकुमार साहलगायका रहेका छन् ।

पक्राउ गरिएका सबै दोषी नरहेको भन्दै घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन । सिया पैलेस होटलमा बसेकी महिला डाक्टरको कोठा ढक्ढक्याई खोल्न लगाएको तथा अभद्र व्यबहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

बिहिवार राति १२ बजेसम्म हलमा अश्लील नृत्य तथा होहल्ला भइरहेको सूचना स्थानीय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए । प्रहरी पुग्नासाथ करिब डेढ सयभन्दा बढीको संख्यामा रहेका दर्शक भागेका थिए ।