काठमाडौं, १४ असोज– नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा रहेको छ ।
तस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५० पैसा र अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३ रुपैयाँ रहेको छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेकोराष्ट्र बैंकले जानकारी दिएको छ ।
