नेकपा (माओवादी केन्द्र) मालारानी को आयोजनामा असोज १२ गते शुक्रबारको दिन वडा नं.६ मा निः शुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जनतासँग (माओवादी केन्द्र) विशेष रूपान्तरण ३ महिने अभियान अन्तरगत जिल्ला समन्वय समितिको आयोजना र देवदह मडिकल कलेज रूपन्देहीको प्राविधिक सहयोगमा मालारानी ६ सिद्धार्थ मा वि मा निः शुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।

उक्त शिविरमा करिब ३०६ जना विरामीले स्वास्थ चेक जाँच गराई गराएका थिए । विरामीहरूको उत्साहजनक उपस्थितिमा उक्त शिविर समपन्न भएको थियो ।
सो शिविरमा हाडजोर्नी तथा नशारोग सम्वन्धि, जनरल फिजिसियन, महिला तथा स्त्रीरोग र सुगर कोलस्ट्रल,प्रेसर सम्वन्धि विरामीलाई चेक जाँच गराइएको थियो ।



