मुल्यवद्धि नियन्त्रणमा गम्भीर बन्न माधव नेपालको सरकारलाई आग्रह

११ आश्विन २०८०, बिहीबार १८:१८

काठमाडौं, ११ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, अहिलेको मुल्यवृद्धी अस्वाभाविक भएको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेकपा एकीकृत समाजवादीको मेची महाकाली समाजवादी जागरण यात्राका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।

उनले अहिलेको मुल्यवृद्धि नियन्त्रणका लागि सरकारले सकरात्मक प्रयास नै नथालेको भन्दै असन्तुष्टि पोखे । उनले भने, ‘यसरी जुन मूल्यवृद्धि भईरहेको छ, त्यसलाई नियन्त्रण गर्न सरकारको तर्फबाट राम्रो प्रयत्न भईरहेको देखिदैँन् ।

भाउ एकैपटक बढाउने कुनै औचित्य छैन्। त्यसमा बढाउन कही छलफल गर्नुपर्ने होलातर आफ्नो हिसाबमा जसरी बढाउने काम भईरहेको छ । यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षण गर्न चहान्छौं।’ सञ्चालन गर्न लागेको कार्यक्रम जनताको बीचमा पार्टीको विचार र धारणाहरु पु¥याउने उद्देश्यले गर्न लागेको बताए ।