नेकपा एसले मेची महाकाली यात्राजागरण अभियान गर्ने

११ आश्विन २०८०, बिहीबार १७:३४


काठमाडौं, ११ असोज– एकीकृत समाजवादीले, मेचीमहाकालीजागरण अभियानगर्ने भएको छ। खआज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिने बताएका छन ।

अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डाहरु जनतालाई सुनाउने एकीकृत समाजवादीले जानकारी दिएको छ ।

आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको जानकारी दिँदै एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले भने, मुलुकको वामविकल्पको तयारी र आजसम्मको अधिकारका रक्षाको लागि सबै लोकतान्त्रिकशक्तिसँगमिल्दै अगाडि बढ्ने बताएका छन ।

उनले भने, ‘अब हाम्रो संविधानअनुसार राज्यकानिर्देशित सिद्धान्त अनुसार हाम्रो विदेश नीतिलाई स्पष्ट पार्न, ठोस पार्न, मूर्त गर्नको लागिविदेश नीतिका सन्दर्भमा समेत सरकारलाई निर्देशित गर्न कानूनबनाउनु पर्छ भन्ने हिसाबले हामीले आफ्नो दृष्टिकोण राखेका छौ । हामी स्पष्ट दिशामा अगाडि बढ्ने छौ ।

अगामीदिनमाहामीमुलुकको वामविकल्पको समेत तयार गर्दै जाने छौ । आजसम्मको अधिकारका रक्षाको लागि सबै लोकतान्त्रिकशक्तिसँगमिल्दै हामी अगाडि बढ्ने छौ ।’

उनले राजनीतिक पार्टीहरुले अब समृद्धि र समाजवादतर्फ जानको लागि कार्यक्रम चरणबद्ध रुपमा अगाडि नबढाउने हो भने अलमलिएको र विभाजित भएको राजनीति सुधार हुननसक्ने उनले बताएका छन ।

उनले मुलुकको सबैभन्दा ठूलो समस्याबेरोजगारी भएको भन्दैउनले यसको समाधानकालागिकृषि, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य जस्ता कुराहरुमासमयानुकुलकाम गर्न सकिएनभने देश विकास नहुने बताएका छन ।