केशब पाण्डेलाई बन्धक बनाईयो भनि आएको समाचार सत्य होईन: केशब पाण्डे

११ आश्विन २०८०, बिहीबार १५:३४

काठडमाडौं, ११ असोज– नेकपा एमाले बागमती प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका नुवाकोटका केशवराज पाण्डले आफ्नो बारेमा केहि सञ्चार माध्यमले गलत प्रचार गरेको बताएका छन ।

उनले विभिन्न सञ्चार माध्यमा केशव पाण्डेलाई बन्धक बनाईयो भनि आएको समाचार सत्य नभएको बताएका छन । अध्यक्ष मण्डलका अध्यक्ष गुरु बरालसहित आनन्द पोखरेल, डोरमणि पौडेललगायतले उनलाई प्रदेश अध्यक्षको उम्मेदवारी दर्ता गर्न अवरोध गरेको भन्दै विभिन्न सञ्चार माध्यमले समाचार प्रशारण गरेका थिय ।

उनले यसबारे सामाजिक सञ्जालबाट प्रतिक्रिया दिदैँ यस्तो बताएका हुन । उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘ बिभिन्न माध्यममा केशब पाण्डेलाई बन्धक बनाईयो भनि आएको समाचार सत्य होईन ।हामी केहि महत्वपूर्ण छलफलमा थियौं र त्यो मेरो अध्यक्ष कार्यकक्षमा भएको भेटघाट हो ।’