काठडमाडौं, ११ असोज– नेकपा एमालेको बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयन हुँदैछ । एमाले मुख्यालय च्यासलमा जारी नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशन बाट नयाँ नेतृत्व चयन हुन लागेको हो ।
एमाले बागमती प्रदेश कमिटीको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी परेको छ । अध्यक्षमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी , सानुकुमार श्रेष्ठ र नुवाकोटका केशव पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
नुवाकोटका केशव पाण्डेले भने उम्मेरदवारी फिर्ता लिने भएका छन । पाण्डे निवर्तमान प्रदेश अध्यक्ष हुन । केपी ओली निकट मानिने पाण्डेलाई सो समूहबाट अर्को उम्मेदवार रहेको भन्दै उम्मेदवारी फिर्ता गर्न लगाइएको हो ।
यस्तै, उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथला गरि ५ जनाको उम्मेदवारी परेको छ।
यस्तै सचिवमा रत्न गुरुङ, नवराजसिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवीश्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराजपन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जनले उम्मेदवारी दिएका छन ।
उक्त अधिवेशनमा उम्मेद्वारी दिएकाहरुले आफ्नो उम्मेद्वारी राजनीतिक सुधारका लागिभएको जिकिर गरेका छन् ।
ललितपुरका निवर्तमान प्रतिनिधि सभा सदस्य र बागमतीप्रदेश संगठन कमिटिको सचिवपदको उम्मेदवार नवराज शिलवालले सबै जना मिलेर राजनीतिलाई सबलिकरण गरेर अपराधिकरण हटाउन योगदान गर्ने उद्देश्यले उम्मेद्वारी दिएको बताएका छन् ।
एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास जारी राखेको छ ।
