जलाउन लागेको अवस्थामा युवतीको शव बरामद, ३ जना पक्राउ

११ आश्विन २०८०, बिहीबार १३:०२

काठमाडौं, ११ असोज– प्रहरीले सर्लाहीको रामनगर गाउँपालिका–१ स्थित खैर्वाबाट एक युवतीको शव बरामद गरेको छ ।

रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल शाहकी पत्नी २१ वर्षीया मनिषा शाहको शव अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता डिएसपी दीपेन्द्र पंजियारले जानकारी दिएका छन ।

मनिषाको मृत्यु शंकास्पद देखिएपछि त्यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले जानकारी दिएका छन । डिएसपी पंजियारका अनुसार मनिषाको घाँटीमा डाम देखिएको छ ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको छ । प्रहरीले मनिषाका पति सुनिल शाह, ससुरा र देवरलाई नियन्त्रणमा लिएको छ ।

उनिहरुलाई सोधपुछका लागी नियन्त्रणमा लिइएको सर्लाहीका एसपी नरेश सुवेदीले जानकारी दिएका छन ।